`

रवि लामिछानेका सवारी चालक तीन तले घरको छतबाट खसेर गम्भीर घाइते

Nepal One HD ४ वैशाख २०८० ९:३८
प्रमुख खबर

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक तीन तले घरको छतबाट खसेर गम्भीर घाइते हुनुभएको छ ।

चितवन भरतपुर-११ मा रहेको एक घरको तीन तलाबाट खसेर सभापति  लामिछानेका सवारी चालक दिलबहादुर थापा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

टाउको र खुट्टामा गम्भीर चोट लागेका थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।


प्रतिक्रिया