`

युवाहरुलाई स्वदेशमा रोजागारको व्यवस्था नभएसम्म यो देश बन्दैन : दुर्गा प्रसाईं

Nepal One HD ४ वैशाख २०८० १७:१९
प्रमुख खबर

काठमाडौँ – व्यवसायी दुर्गा प्रसाईंले युवाहरुलाई स्वदेशमा रोजागारको व्यवस्था नभएसम्म यो देश नबन्ने बताएका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनलेनेपाली युवाहरुले स्वदेशमै काम गर्ने वातावरण बन्नुपर्ने बताएका छन् ।

उनले भने, ‘गाँस, बास र कपासका लागि युवाहरु विदेश जान बाध्य छन् । युवाहरुलाई स्वदेशमा रोजागारको व्यवस्था नभएसम्म यो देश बन्दैन ।’

उनले विदेशमा अलपत्र परेका १७० मध्ये ४२ जना आफुले नेपाल ल्याइसकेको बताए । उनले नेपालका युवाहरु सवै विदेशमा जानुपर्ने अवस्था आएपछि यो देशमा कहिल्यै विकास नहुने बताए ।


प्रतिक्रिया