`

तनहुँ जाँदै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू

Nepal One HD ६ वैशाख २०८० ९:०१
प्रमुख खबर

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्तारुढ गठबन्धनका नेता आज तनहुँ जाँदै छन् । 

तनहुँ– १ मा नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जान लागेका हुन ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेताहरू आज तनहुँ आउन लागेको नेपाली काँग्रेस तनहुँका सभापति जितप्रकाश आलेले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रधानमन्त्री समेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तनहुँको डुम्रे बजारमा आज दिउँसो २ः०० बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया