`

मृत्युअघि रविका चालकले बोलेकाे अडियो सार्वजनिक गर्दै महेश बस्नेतले भने ‘यो आवाजको पनि छानबिन होस्’ (अडियोसहित)

Nepal One HD २० वैशाख २०८० ९:०२
प्रमुख खबर

भक्तपुर । पूर्वमन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले रवि लामिछानेका चालकको मृत्युको घटनामा आशङ्का जनाउनुभएको छ । 

सामाजिक सञ्जाल ट्विटरमा मङ्गलवार राती मृतक शम्भु थापाको झैँ लाग्ने एक अडियो पोष्ट गर्दै बस्नेतले उक्त आवाजको छानबिनको माग गर्नुभएको हो । 

सार्वजनिक अडियोमा हस्पिटलको आयुसियुमा मृतक थापाले केही भन्न खोजेको जस्तो सुनिन्छ । उक्त अडियोमा रवि र उनका साथीहरू मिलेर आफु माथि आक्रमण गरेको आशयको  शब्द  भनिरहेको जस्तो सुनिए पनि स्पष्ट भने हुनसकेको देखिँदैन  ।  उक्त आवाज शम्भु थापाकै हो होइन अहिलेसम्म स्पष्ट भइसकेको छैन । एमाले नेता बस्नेतले उक्त अडियो छानबिन हुनु पर्ने माग गर्नुभएको हो । प्राप्त अडियोको स्रोत खुल्न सकिरहेको छैन । रास्वपाका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) को उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको थियाे । चितवनको भरतपुर महानगरपालिका ११ मा रहेको एक घरमा लामिछानेसँगै सँगै बसेका ३९ वर्षीय चालक थापा बैशाख ४ गते राति सोहि घरको तीनतलाबाट खसेर गम्भीर घाईते भएका थिए ।

भेन्टिलेटरमा राखेर उपचार गराइएका ३९ वर्षीय थापाको मंगलबार दिउँसो २ बजेतिर मृत्यु भएको थियाे । उनको आजै पशुपतिमा लगेर अन्त्येष्टि गरिने पनि बताइएको छ ।

सुन्नुहोस् सार्वजनिक भएको अडियो :


प्रतिक्रिया