`

सत्तागठबन्धनको बैठक बस्दै

Nepal One HD २२ वैशाख २०८० १३:२१
राजनीति

काठमाडौँ – सत्तागठबन्धनको बैठक आज साँझ ५ बजे बोलाइएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बैठक बोलाइएको हो ।

आजको बैठकमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे छलफल हुने बताइएको छ ।

दुई दिनअघि पनि गठबन्धनमा सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल भएको थियो ।


प्रतिक्रिया