`

निर्वाचनबारे गम्भीर समीक्षा हुन जरुरी : नेता कोइराला

Nepal One HD २२ वैशाख २०८० १७:१०
राजनीति

चितवन / नेपाली कांग्रेसका नेता प्रा डा शशाङ्क कोइरालाले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा उहाँले उपनिर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो लोकप्रियता खस्किँदै गएको हो कि भन्ने विषयमा गम्भीर समीक्षा जरुरी छ ।” पुराना पार्टीको लोकप्रियता खस्कँदै जाँदा नयाँ शक्तिहरुको उदयमान हुनसक्ने सम्भावना रहेको उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “अब हामीले पनि नयाँ नीति बनाउनुपर्ने हो कि भन्ने देखिन्छ ।” उपनिर्वाचनमा आन्तरिक कमजोरीका कारण हार बेहोर्नु परेको उहाँको अनुमान छ ।

अहिले पार्टीभित्रको असन्तुष्टि भनेको मन्त्रिमण्डल विस्तारमा देखिएको बताउनुभयो ।


प्रतिक्रिया