आईतबार सुनको मूल्य घट्यो, चाँदीको भाऊ कति ?

अर्थ समाचार

काठमाडौँ । नेपाली बजारमा एकै दिन एक हजार दुई सय रुपैयाँले सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलाको १ लाख १० हजार ५० रुपैयाँ कायम गरिएको छ ।
गत बिहीबार हालसम्मकै उच्च १ लाख ११ हजार आठ रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार ४४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि पनि चाँदीको खरिदबिक्री सोही मूल्यमा भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट