आज सुनको मूल्य स्थिर

अर्थ समाचार

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।
यसअघि बुधवार प्रतितोला १ लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
त्यसैगरी, नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधवार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट