`

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर फेरी अर्को अलोकप्रीय र राष्ट्रघाती काम गरे : महेश बस्नेत

Nepal One HD १७ जेठ २०८० १३:२१
प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका नेता महेश बस्नेतले नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता प्रमाणीकरण गरेको प्रति आपती जनएका छन् ।

उनले आज आफ्नो सामाजिक सञ्जालमा एक पोष्ठ गर्दै तत्कालीन राष्ट्रपति विद्या भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेर फेरी अर्को अलोकप्रीय र राष्ट्रघाती काम गरेको बताएका हुन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्,

तत्कालीन राष्ट्रपति विद्या भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे र फेरी अर्को अलोकप्रीय र राष्ट्रघाती काम गरेका छन ।

संसद्का दुवै सदनले पारित गरेर दोस्रो पटक पठाउँदा समेत तत्कालीन राष्ट्रपति विद्या भण्डारीले अंगिक्रित नागरिकता दिने समय र अबधि लगायत कतिपय प्राबधान प्रति आपत्ति जनाएर प्रमाणीकरण नगरी फिर्ता गर्नु भएको थियो ।

तत्कालीन राष्ट्रपति भण्डारी पदबाट बिदा भएको तीन महिनामा मै नयाँ राष्ट्रपतिले नौ महिना पुरानो विधेयक संसदीय प्रणालीलाई समेत मिचेर प्रमाणीकरण गरेका छन।

टिकापुर घटनाका अपराधी भनेर सर्बोच्च अदालतले समेत सजाय तोकेको रेशम चौधरी लगायतलाई आम मफि दिने सरकारको निर्णयलाई प्रमाणीकरण गरेका राष्ट्रपति निर्बाचित भएको तीन महिनामै अपराधिक,राष्ट्रघाति र बिबादित काम गरेका छन ।

यस्तो कदमको घोर भत्सना गर्दै आवश्यकता अनुसार प्रतिबाद गर्न समेत आम जनसमुदायमा अनुरोध गर्दछु ।


प्रतिक्रिया