देश विकास र समृद्धिको भिजन एमालेसँगमात्र छ :महेश बस्नेत


काठमाडौँ / नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले देश विकास र समृद्धिको भिजन र दृष्टिकोण आफ्नो पार्टीसँगमात्रै रहेको दाबी गर्नुभएको छ ।
रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षतकार कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेसँग मात्रै स्थिर सरकार र लिडरसिपको भिजन रहेको बताउनुभएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको ४० महिने सरकारले उनलाई विकासको स्तम्भको रूपमा स्थापित गरेको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएर आफ्नो सत्ताको आयु लम्ब्याउन सफल भएको बस्नेतले आरोप लगाउनुभयो ।
त्यस्तै काँग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले तत्काल सत्ता गठबन्धन नटुट्ने बताउनुभयो । उहाँले देश बनाउने अभियानमा सबै दलहरू एकमत भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । नेता खतिवडाले मुलुक भ्रष्टाचारबाट व्याप्त भएको भन्दै यसको लागि सरकार निर्मम रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । नेता खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल नै भएको दाबी गर्नुभयो ।
नेता खतिवडाले नागरिकता विधेयक प्रमाणीकरण भएकोमा कसैले पनि विरोध गर्नुको अर्थ नभएको जिकिर गर्नुभयो ।