`

बालकोटमा अध्यक्ष ओली र रेशम चौधरीबिच भेटवार्ता

Nepal One HD ४ असार २०८० १०:४९
प्रमुख खबर

काठमाडौँ / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ।

आज बिहान ओली निवास बालकोटमा उहाँहरूबीच भेटवार्ता तथा छलफल भएको हो। सो भेटवार्तामा दुवै नेताका बीचमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको थियो ।

जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा चौधरीले ओलीलाई धन्यवाद समेत दिनुभएको थियो । जाडोको बेला पठाइदिएको गिफ्टप्रति ओलीलाई भेटेरै समेत धन्यवाद दिनुभएका चौधरीले ओलीले जेल जीवनका बारेमा स्मरण सुनाउनुभएको थियो ।

यसअघि उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई लगायतसँग पनि भेटघाट गर्नुभएको थियो ।


प्रतिक्रिया