`

रास्वपामा प्रवेश गरे बैँकर अनिल केशरी शाह

Nepal One HD ७ असार २०८० १३:०५
प्रमुख खबर

काठमाडौँ / बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। बैंकरको परिचय बनाएका शाह केही दिनअघि रास्वपा प्रवेश गरेको बताइएको छ।

शाहलाई तत्कालका लागि नेता कार्यकर्तालाई तालिम दिने जिम्मेवारी भएको प्रशिक्षण विभागको जिम्मेवारी दिइएको छ। रास्वपाका सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाएर पार्टीमा स्वागत गरे ।

शाहले २०७९ मा भएको प्रतिनिधिसभा र प्रदेसभा निर्वाचनको पूर्वसन्ध्यामा काठमाडौँको होटल याक एण्ड यतिमा भएको एमालेको घोषणापत्र सार्वजनिक समारोहमा केपी ओलीसँग अन्तरवार्ता गरेका थिए । त्यसपछि धेरैले शाह एमालेतिरै लागेको अनुमान गरेका थिए । बिहीबार भने शाहले सदस्यता नै लिएर रास्वपा प्रवेश गरी काम थालेका छन ।


प्रतिक्रिया