कांग्रेसको लय बिग्रेको कारण समाजमा निराशा र आक्रोश फैलियो : गगन थापा


काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसको लय बिग्रेको कारण समाजमा निराशा र आक्रोश फैलिएको बताउनु भयो ।
शनिबार काठमाडौं क्षेत्र नम्बर ४ को सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो,–आज समाजको आक्राश विष्फोट हुन लागेको छ । जताततै ब्यापक निराशा छ । यसको कारण देश हाँक्ने सबैभन्दा ठूलो पूरानो र सबैभन्दा ठूलो जिम्मेवारी प्राप्त नेपाली कांग्रेस पापर्टीको लय बिग्रिदा,यसले लय पक्रिन नसक्दा,अलमलिदा र हामी आफैं असन्तुष्ट हुँदा असरल्ल छरिएको छ ।
अरु पार्टीले लय छाड्दा कार्यकर्तामात्र असन्तुष्ट हुने भन्दै थापाले कांग्रेसले लय छाड्दा देश नै निराश बन्ने बताए । थापाले अब भदौ महिनादेखि आफू कम्तिमा एक महिना काठमाडौं छाडेर ३०(३५ जिल्लाको भ्रमण गर्ने योजना सुनाए । तल्लो तहसम्म गएर जनसंवाद यात्रा गर्ने र तलका मान्छेको कुरा सुनेर माथि बसेकाहरुको बीचमा ल्याउने योजना उनले सुनाए ।