बजेट असन्तुलित भयो, बाटो छलेर हिँड्नुपर्ने स्थिति छ: मन्त्री किराँती


काठमाडौं / सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री किराँतीले आर्थिक वर्ष २०८०र८१ को बजेट असन्तुलित हुन गएको बताउनुभएको हो । उहाँले बजेट असन्तुलित भएकोमा माफी समेत माग्नुभयो । उहाँले बजेटको सिलिङ कम भएका कारण सांसदहरुले दिएका धेरै योजनाहरु समेट्न नसकेको बताउनु भयो । उहाँले सांसदहरुलाई खुशी बनाउन नसकेको भन्दै मन्त्रीले बाटो छलेर हिँड्नुपर्ने स्थिति रहेको बताउनु भयो।
मन्त्री किराँतीले प्राधिकरणलाई बिभाजन गरेर नियमन निकायको रुपमा प्राधिकरण र सेवा प्रदायकको रुपमा हवाई सेवा प्राधिकरण स्थापना गर्ने गरी विधेयक, छुट्टाछुट्टै विधेयक संसदमा पेश गर्नका लािग मन्त्रीपरिषद्मा पठाइसकेको जानकारी दिनुभएको हो । बिगतमा राष्ट्रियसभाबाट पारित भइसकेपछि यो विधेयक फिर्ता आएको स्मरण गराउनुभयो । उक्त विधेयकहरु संसदबाट पारित भएपछि हवाई सुरक्षा थप प्रभावकारी हुने र इयुको प्रतिवन्ध हटाउन मद्दत पुग्ने उहाँले बताउनुभयो । मन्त्री किराँतीले राष्ट्रिय गौरवको योजनाका रुपमा रहेका गौतम बुद्ध बिमानस्थलबाट निगमले अन्तराष्ट्रिय उडान सुरु गरेको जानकारी दिनुभयो । उहाँले काठमाडौंको वैकल्पिक विमानस्थलको रुपमा रहेको निजगढ बिमानस्थललाई अघि बढाउन विमानस्थल क्षेत्रभित्रका बस्ती स्थानान्तरण गर्ने र उपयुक्त मोडालिटी तयार गरेर आगामी आर्थिक बर्षदेखि निर्माण सुरु गर्ने बताउनुभयो । उहाँले बिमानस्थलको संख्या थप्ने भन्दा पनि सेवा र गुणस्तर बृद्धि गर्नेमा सरकारको ध्यान केन्द्रीत रहेको जिकिर गर्नुभयो ।