`

बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई काँग्रेसको ह्विप

Nepal One HD १२ असार २०८० १२:४३
राजनीति

काठमाडौँ / नेपाली काँग्रेसले आफ्ना सांसदहरूलाई प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

काँग्रेस केन्द्रिय कार्यालयले आज प्रेस नोट जारी गर्दै प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा आफ्ना दलका सांसदहरूलाई अनिवार्य उपस्थित हुन, बजेटको सन्दर्भमा तटस्थ नरहन र पक्षमा मतदान गर्न ह्विप जारी गरेको हो ।


प्रतिक्रिया