`

३० दिनभित्र सहकारीलाई विवरण पेस गर्न मेयर बालेन्द्र शाहको निर्देशन, नगरे कारबाही

Nepal One HD १३ असार २०८० १०:१८
प्रमुख खबर

​​​​​​​काठमाडौँ । मेयर बालेन्द्र शाहले काठमाडौँ महानगरपालिकाका सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिनुभएको छ । 

महानगरपालिकाको सहकारी विभागले जारी गरेको सूचना राख्दै मेयर शाहले सहकारीहरूको साधारण सभाको जानकारी, लेखा परीक्षण प्रतिवेदनलगायतका विवरण माग गर्दै ३० दिनभित्र पेस गर्न निर्देशन दिनुभएको हो  । 

पछिल्लो समय सहकारीमा आर्थिक सङ्कट सिर्जना भएको तथा चरम अनियमितताको खबर सार्वजनिक भइरहेको बेला महानगरले सो सूचना जारी गरेको हो । 

सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेस नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।


प्रतिक्रिया