`

बैंक-वित्तीय संस्थाका कारण धेरै नेपालीले आत्महत्या गर्ने स्थिति आयो: सोविता गौतम

Nepal One HD १७ असार २०८० १७:३०
राजनीति

काठमाडौं / प्रतिनिधिसभा सदस्य सोविता गौतमले बैंक तथा वित्तीय संस्थाका कारण धेरै नेपालीले आत्महत्या गर्ने स्थिति सिर्जना भएको बताउनु भएको छ ।

प्रतिनिधि सभामा सांसद् गौतमले बैंकले ऋण दिने क्रममा ८-९ प्रतिशत ब्याज लगाउने र विस्तारै च्याप्ने गरेको बताउनु भयो। सांसद गौतमले भन्नुभयो, ‘सुरुमा बैंकले ऋण दिने बेला ८-९ प्रतिशत ब्याज लगाएर दिन्छन् । तर, विस्तारै बैंकमा ब्याज १६ प्रतिशतसम्म पुर्‍याउँछ। यसको नियमन गर्न जरुरी छ । बैंकहरूका कारण धेरै नेपालीले आत्महत्या गर्ने स्थिति सिर्जना समेत भएको छ ।’


प्रतिक्रिया