`

मनाङ एयर दुर्घटना: हेलिकप्टरमा सवार ६ जनाकै मृत्यु

Nepal One HD २६ असार २०८० १४:३४
प्रमुख खबर

काठमाडौँ /  सोलुको लाम्जुरा पासमा भएको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।

मनाङ एयरको कल साइन ९एनए–एमभी भएको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लाम्जुरापास क्षेत्रमामा दुर्घटना हुँदा हेलिकप्टरमा सवार ६ जनाकै मृत्यु भएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले दुर्घटनामा परी हेलिकप्टर सवार ६ जनाकै मृत्यु भएको जानकारी दिए। ‘६ जनाकै शव फेला परेको छ। शवहरू जलेको अवस्थामा रहेको खबर आएको छ । पहिचान हुन सकेको छैन’, उनले भने ।

अहिले शव संकलन गर्ने काम भइरहेको बास्तोलाले बताए।


प्रतिक्रिया