सुन पसल अगाडि राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि,शंकास्पद व्यक्ति प्रहरी नियन्त्रणमा

प्रमुख खबर

काठमाडौं / काठमाडौंको सिनामंगलमा फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाले निष्कृय पारेको छ ।
बुधबार बिहान सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी सुन चाँदी पसल अगाडी शंकास्पद बस्तु फेला परेपछि नेपाली सेना घटनास्थल पुग्दै शंकास्पद वस्तु निष्कृय पारेको हो । सेनाले निष्कृय पारेपछि उक्त शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।
सेनाको शंकास्पद वस्तु निष्कृय पारेलगत्तै सोही स्थानबाट एक शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।
शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट