`

१०० किलो सुन बरामद प्रकरण : यी हुन् पक्राउ परेका व्यक्तिहरू

Nepal One HD ४ साउन २०८० ११:३३
प्रमुख खबर

काठमाडौँ / राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ ।

सोही प्रकरणमा हालसम्म पक्राउ परेका ६ जनामध्ये चार जनाको नाम खुलेको छ ।

जसअनुसार दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौँ स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ–३ घर भई हाल काठमाडौँ साँखु बस्ने २१ वर्षका दिलीप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौँ पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङ पक्राउ परेका हुन् ।

नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो ।


प्रतिक्रिया