आईतबार चिनका उच्च अधिकारी नेपाल आउदै,यस्तो छ भ्रमण तालीका
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन तीन दिने भ्रमणका लागि आइतबार नेपाल आउँदै हुनुहुन्छ ।
नेकपा माओवादी केन्द्रका महासचिव देब गुरुङको निमन्त्रणमा नेपाल आउन लाग्नुभएका च्युनले राष्ट्रपति रामचन्द्र पौडेलदेखि विभिन्न दलका नेताहरू लाई भेट्ने कार्यक्रम रहेको छ । आइतबार १२ः१५ मा काठमाडौं उत्रेन र दिउसो राष्ट्रपति रामचन्द्र पौडेल सँग भेट गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी आइतबार नै कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र माओवादीकेन्द्रका कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेट्ने कार्यक्रम रहेको छ । उहाँले आइतबार नै विभिन्न दलका नेताहरू लाई होटल द्वारिकामा रात्रि भोजको आयोजना गर्नुहुने जनाइएको छ ।
सोमबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवा सँग भेट गर्ने र त्यसपछि कलकीमा रहेको एलआरआई विद्यालयमा पुग्ने कार्यक्रम तय भएको जनाइएको छ । सोमबार नै भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्ने र समय मिल सम्म सिन्धुपाल्चोक जाने नभए सिन्धुपाल्चोकमा स्थानीय निकायका प्रतिनिधिहरू भिडियो कनफ्रेन्स गर्ने जनाइएको छ ।
च्युनले नेपालमा रहँदा चिनियाँ लगानीमा सञ्चालन भैइहेका आयोजनाहरूका बारेमा जानकारी लिनुहुने पनि जनाइएको छ । मंगलबार बिहान एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेपछि च्युन चिन फर्कने कार्यक्रम रहेको जनाइएको छ ।
