`

पत्रकार कुट्ने जिल्ला संयोजक खड्का रास्वपाबाट निलम्बित

Nepal One HD ९ साउन २०८० १८:३२
प्रमुख खबर

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बझाङ संयोजक नगेन्द्र खड्का पार्टीबाट निलम्बित भएका छन्।

खड्कामाथि पत्रकार कुटेको आरोप छ । खड्काले पत्रकार महासंघ बझाङका सदस्य सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेको थियो ।

रास्वपाले जनाएअनुसार जिल्ला संयोजक खड्कालाई निलम्बन गरिएको र अनुशन्धान समितिले अनुसन्धान पनि थालेको छ ।


प्रतिक्रिया