कलाकार सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट
प्रमुख खबर
काठमाडौं / काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा झुन्डिएको अवस्थामा भेटिएका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट भेटिएको छ।
प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार सारुकको मोबाइललाई फरेन्सिक परीक्षणमा पठाउँदा मोबाइलको नोट प्याडमा सुसाइड नोट लेखेको भेटिएको हो।
सारुकले सुसाइड नोटमा कसैलाई दुस्ख नदिन प्रहरीलाई अनुरोध गरेका छन्।
सारुकले नोटमा लेखेका छन् ‘ पुलिसहरू डन्ट फ**मी कन्ट्रोभर्सी । इट्स अल माई फल्ट । कसैलाई ब्लेम नगर्नु । यो सबै यहीँ इन्ड हुनु थियो । सो सकियो । मेक मि रेस्ट इन पीस, धन्यवाद’ ।
स्रोतका अनुसार सारुकले आमालाई सम्बोधन गर्दै अर्को जुनीमा पनि उहाँकै कोखबाट जन्मिन पाउँ भनेका छन् । भने सबै साथीहरूलाई पनि सम्झिएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
