`

राप्रपा पार्टी कार्यालय भत्काउन हिँड्यो महानगरको डोजर

Nepal One HD १५ साउन २०८० १३:५४
प्रमुख खबर

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय रहेको धुम्बराहीस्थित कार्यालयमा काठमाडौं महानगरपालिकाले आज डोजर चलाउने भएको छ ।

महानगरले गत शुक्रबार आजसम्मका लागि राप्रपाको केन्द्रीय कार्यालय रहेको भवन खाली गराउन अल्टिमेटम दिएको थियो । आइतबारसम्मको अल्टिमेटम दिइएकोमा राप्रपाले खाली नगरेपछि महानगरले डोजर लगाएरै भत्काउन लागेको हो ।

महानगरले डोजर ल्याउन लागेको सूचनासँगै राप्रपा कार्यकर्ताहरु केन्द्रीय कार्यालयमा भीड लागेका छन् । डोजरलाई अवरोध गर्ने तयारीसहित सवारीसाधनहरु तेर्स्याइएको छ ।

महानगरले नगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा ३०० जनाभन्दा धेरै नगर प्रहरी उक्त क्षेत्रमा खटाएको बताइएको छ ।


प्रतिक्रिया