`

नक्कली शरणार्थी प्रकरण: टोपबहादुर रायमाझी र बालकृष्ण खाँण उच्च अदालतमा

Nepal One HD १६ साउन २०८० १२:५८
प्रमुख खबर

काठमाडौं / नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा पक्राउ परेर कारागारमा रहेको नेता उच्च अदालतमा पुगेका छन् ।

जिल्ला अदालतको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने भन्दै पूर्व गृहमन्त्री बालकृष्ण खाण,एमाले निलम्बित सचिव टोपबहादुर रायमाझी लगायत भुटानी शरणार्थी नेता टेकनाथ रिजाल उच्च अदालत पुगेका हुन् ।

मुद्दाको विषयवस्तु, प्रमाणको विवेचना नगरी आफूहरुलाई थुनामा राखेको भन्दै उनीहरुले थुनामुक्त गर्ने आदेश माग गरेका छन् ।

उच्च अदालत पाटनले खाँण र रायमाझीको हकमा कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ । यसअघि नै निवेदन दिएकाहरुको पनि उच्चको आदेश अनुसार जिल्ला अदालतबाट प्रतिवेदन पेस भइसकेको छ ।


प्रतिक्रिया