तारकेश्वरमा पहिरोले घर पुरिँदा बाबु–छोरीको मृत्यु
प्रमुख खबर
काठमाडौँ । काठमाडौँको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ।
प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरका अनुसार तारकेश्वर नगरपालिका–५ मा गए राति स्थानीय गणेश तामाङको घर पहिरोले पुरिँदा तामाङ र उनकी छोरीको मृत्यु भएको हो।
उहाँका अनुसार शनिवार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको छ ।
सो घटनामा परी आमा सञ्जु तामाङ भने घाइते भएकी छिन् । उनको प्राथमिक उपचार गरिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
