काँग्रेस नेता तथा सांसद डा.भण्डारी डिस्चार्ज

जीवनशैली/स्वास्थ्य

काठमाडौँ/ नेपाली काँग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारी आज उपचारपछि कीर्तिपुरस्थित बर्न सेन्टरबाट ‘डिस्चार्ज’ हुनुभएको छ ।
उपचारमा संलग्न चिकित्सक डा. किरण नकर्मीले शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि उहाँलाई डिस्चार्ज गरिएको जानकारी दिनुभयो ।
“शल्यक्रियापछि उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ, अब घरमै आराम गर्नुहुन्छ,” उहाँले भन्नुभयो, “बिस्तारै बिस्तारै उहाँको स्वास्थ्यमा सुधार हुन्छ ।” डा. नकर्मीले बाहिर सङ्क्रमणबाट जोगाउनका लागि उहाँलाई दुई हप्तासम्म अन्य व्यक्तिको सम्पर्कमा पनि नआउनसमेत भनिएको बताउनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट