`

‘उच्चस्तरिय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक’: नेकपा एमाले

Nepal One HD ३ भदौ २०८० १६:४३
प्रमुख खबर

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले उच्चस्तरिय छानबिन समिति बनाउन प्रधानमन्त्री सकरात्मक रहेको बताएका छन् ।

आईतबार संसद अवरोध हटाउन प्रधानमन्त्रीको आह्वानमा बसेको सर्वदलीय बैठकको पछि पत्रकारहरुसंग कुरा गर्दै प्रमुख सचेतक गिरिले छानबिन समिति गठन गर्न प्रधानमन्त्रीलगायत सत्तापक्ष सकारात्मक भएको बताएका हुन् ।

संसदको अवरोध हटाउन प्रधानमन्त्रीले बोलाएको बैठकपछि एमालेका प्रमुख सचेतक पदम गिरीले भने, ‘सुन प्रकरणमा राजनीतिक दलको पनि संलग्नता भएको कुराहरू आइरहेका छन् । यस्तोमा सीआईबीले अनुसन्धानका लागि बोलाउने स्थिति रहेन । यसमा मात्रै होइन नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा पनि हाइ प्रोफाइलका मान्छेलाई छानबिनमा नल्याउने साना मान्छेहरूलाई ल्याएर कारबाही गर्‍यौं भन्ने ढंगले अगाडि बढेको छ । त्यसैले हामीले समितिको माग राखेका हौं ।

उनले भने ‘प्रधानमन्त्रीलगायत सत्तापक्ष अरु समितिले पनि उच्च स्तरिय छानबिन समिति बनाउँदाखेरी सिआईवीको अनुसन्धान प्रभावकारी हुन्छ की भन्ने दृष्टीकोण छ उहाँको । यस विषयमा छलफल गर्नेर उच्च स्तरिय छानविन समिति बनाउने कुरामा हामी सकारात्मक छौं भन्नु भएको छ ।’

प्रमुख सचेतक गिरिले सुन तस्करी धेरै ठुलो घटना र देशको अथृतन्त्रलाई गम्भीर प्रभाव पार्ने खालको विषय भएको बताएका छन् । राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्ने खालको घटनाप्रतिमा उच्च स्तरिय छानबिन समितिबाहेक यो कुराको निरकुल हुनै नसक्ने उनको भनाई छ ।


प्रतिक्रिया