कोशी प्रदेश सभा बैठक संचालन गर्ने जिम्मेवारी मन्सुरीलाई (पत्रसहित)

प्रमुख खबर

काठमाण्डौं । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले प्रदेश सभा बैठक चलाउने जिम्मेवारी कांग्रेस सांसद इस्राइल मन्सुरीलाई दिएकी छन्। ‘अचानक बिरामी’ परेको भन्दै उपसभामुख सिर्जना दनुवार काठमाडौँ हिँडेपछि कोशी प्रदेशसभाको बैठक अनिश्चित बनेको थियो ।
कोशीमा सभामुख र उपसभाुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चार सदस्यीय अध्यक्ष मण्डल बनाइएको थियो।
तीमध्ये ज्येष्ठ सांसद लिलाकुमारी लिम्बु र अम्मरबहादुर विष्टले अनुपस्थित हुने सूचना दिइसकेकाले वर्णानुक्रम अनुसार मन्सुरीलाई अध्यक्षता गर्ने जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया