`

आज राष्ट्रिय सभाको बैठक बस्दै

Nepal One HD १० भदौ २०८० ११:१३
राजनीति

काठमाडौँ / संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।

बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ । आजको राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण, मन्त्रीपरिषद्को गठन र मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराइने, राष्ट्रिय सभा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् सदस्यहरुको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने कार्यसूची छ।

त्यस्तै विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले संविधानअनुसार बन्न बाँकी कानूनहरुको अध्ययन, प्रतिवेदन,२०८० सभा समक्ष पेस गर्ने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णयबाट आयोगको कार्याविपध थप गर्ने गरी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेस गर्ने कार्यसूची छ ।


प्रतिक्रिया