नेकपा एसद्धारा पार्टी भातृ सङ्गठन युवा संघ नेपाल भित्रको विवाद समाधान गर्न निर्देशन

राजनीति

काठमाडौँ / नेकपा एकीकृत समाजवादीले पार्टी भातृ सङ्गठन युवा संघ नेपाल भित्रको विवाद समाधान गर्न निर्देशन दिएको छ ।
पार्टी कार्यालय आलोकनगरमा आइतबार बसेको समाजवादीको सचिवालयले बैठकले समानान्तर भेला नगर्न र संगठनभित्रको विवाद समाधान गर्न निर्देशन दिएको हो । युवा संघको इन्चार्जले पार्टीको निर्देशन युवा संगठनको बैठकमा सुनाउने र संगठनले लागू गर्ने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाले युवा संघको समस्या समाधानका लागि सचिवालयले अन्य आवश्यक निर्णय गरेको जिकिर गर्नुभयो ।
शनिबार काठमाडौँका दुई फरक फरक स्थानमा युवा संघका दुई गुटले भेला आयोजना गरेको थियो । सङ्गठनका अध्यक्ष नरेश शाही र उपाध्यक्ष नितेश पौडेलले फरक–फरक भेला आयोजना गरेपछि पार्टीले हस्तक्षेप गर्दै समाधानको पहल गरेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट