लहान नगरपालिकाले फोहर सङ्कलन गर्न भित्रयायो ‘गारवेज ट्रक’
समाचार
गोलबजार (सिरहा)- लहान नगरपालिकाले फोहर सङ्कलन गर्न आधुनिक किसिमको आठ ‘गारवेज ट्रक’ सञ्चालनमा ल्याएको छ ।लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले गारवेज ट्रकमा फोहर सङ्कलन गर्न थालिएको जानकारी दिनुभयो ।
फोहर सङ्कलन गर्न ट्रयाक्टरभन्दा ट्रक सजिलो तथा सहज हुने नगरपालिकाले जनाएको छ । पहिलो चरणमा वडा नं १ देखि १० सम्मका फोहर ती ट्रकमा सङ्कलन हुने र विस्तारै कार्यविधि बनाएर २४ वटै वडाको फोहर सङ्कलन गरिने उहाँले बताउनुभयो ।
नगरप्रमुख चौधरीले इन्धनको बचत, ट्रकको बन्द कभर भएपछि फोहर बाटोमा नगन्हाउने र गल्लीमा पनि फोहर सङ्कलनका लागि ट्रक जान सक्ने बताउनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
