`

इजिप्टको दोस्रो गोल, दबाबमा मेसीको अर्जेन्टिना

Nepal One HD २३ असार २०८३ २३:१९
खेलकुद

काठमाडौँ । जारी फिफा विश्वकपअन्तर्गत अन्तिम १६ को नकआउट चरणमा इजिप्टले अर्जेन्टिनाविरुद्ध आफ्नो अग्रता दोब्बर बनाएको छ। मंगलबार राति भइरहेको रोमाञ्चक प्रतिस्पर्धामा इजिप्टले खेलको  ६७  औँ मिनेटमा दोस्रो गोल गर्दै २–० को बलियो अग्रता बनाएको हो।

इजिप्टका लागि दोस्रो गोल मोस्ताफा जिकोले गरे। तीव्र गतिमा अघि बढाइएको आक्रमणलाई उत्कृष्ट फिनिसिङमा परिणत गर्दै उनले बललाई जाली चुमाए। जिकोको गोलसँगै इजिप्टका खेलाडी र समर्थक उत्साहित बनेका छन् भने अर्जेन्टिना थप दबाबमा परेको छ।

यसअघि खेलको १४औँ मिनेटमा यासिर अब्राहिमले गोल गर्दै इजिप्टलाई सुरुआती अग्रता दिलाएका थिए। दोस्रो गोलपछि इजिप्टले आत्मविश्वासका साथ खेल नियन्त्रणमा राख्ने प्रयास गरिरहेको छ भने अर्जेन्टिना खेलमा फर्किने लक्ष्यसहित लगातार आक्रमणमा उत्रिएको छ।

स्टार खेलाडी लियोनेल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनाले बल नियन्त्रण बढाउने र गोल गर्ने अवसर सिर्जना गर्ने प्रयास गरिरहेको भए पनि इजिप्टको सुदृढ रक्षापंक्तिले उसका अधिकांश आक्रमण निष्प्रभावी बनाइरहेको छ। खेलको बाँकी समयमा अर्जेन्टिनाले पुनरागमन गर्न सक्ने वा इजिप्टले आफ्नो अग्रता कायम राख्दै क्वार्टरफाइनल यात्रा तय गर्ने भन्ने चासो बढेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *