`

सुनार प्रकरणमा हर्क साम्पाङको कटाक्ष – रवि लामिछानेजी,सुनार जीको फन्डा के हो ?

Nepal One HD २७ असोज २०८३ १९:५६
बिशेष

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार प्रकरणलाई लिएर व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। उनले रास्वपा सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत सुनार प्रकरणबारे प्रश्न उठाएका हुन्।

अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सुनारसँग जोडिएको विषयबारे चासो व्यक्त गरेका छन्। उनले आफ्नो टिप्पणीमा रवि लामिछानेलाई सोझै सम्बोधन गर्दै खगेन्द्र सुनारको विषय के हो भन्ने प्रश्न गरेका छन्।

साम्पाङले लेखेका छन्, ‘रवि लामिछाने जी।।। सुनार जीको फन्डा के हो रुरुरु ? जान्नेलाई छान्ने जनता कि जय !’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *