`

एनटी फाइबरमा ग्राहकको आकर्षण बढ्यो

Nepal One HD ३ कार्तिक २०८३ १४:४४
अर्थ समाचार

काठमाडौं । नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवामा ग्राहकको आकर्षण बढेपछि नयाँ लाइन जडानसम्बन्धी जानकारी लिन प्रयोग हुने १९८ नम्बरको क्षमता वृद्धि गरिएको छ। नयाँ जडानबारे बुझ्न उक्त नम्बरमा सम्पर्क गर्ने ग्राहकको चाप बढेपछि कम्पनीले क्षमता थप गरेको हो।

नेपाल टेलिकमका अनुसार एनटी फाइबरको नयाँ लाइन जडान गर्न इच्छुक ग्राहकले १९८ नम्बरमा फोन गरेर आफूलाई पायक पर्ने स्थानमा सेवा उपलब्ध भए-नभएको जानकारी लिन सक्छन्। नम्बरको क्षमता वृद्धि गरिएपछि ग्राहकलाई आवश्यक जानकारी लिन र इन्टरनेट जडान प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ।

त्यस्तै, एनटी फाइबर जडानका लागि ग्राहकले अनलाइनबाट पनि अनुरोध गर्न सक्ने व्यवस्था टेलिकमले गरेको छ। अनलाइन प्रणालीमा आफ्नो नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग गरी आवश्यक विवरण पेस गरेर नयाँ इन्टरनेट जडानको अनुरोध गर्न सकिनेछ। यसका साथै सेवासम्बन्धी गुनासोसमेत दर्ता गर्न सकिने कम्पनीले जनाएको छ।

टेलिकमले एनटी फाइबरअन्तर्गत चार हजार ९९९ रुपैयाँमा ३० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराएको छ। ग्राहकको आवश्यकता र प्रयोगअनुसार अन्य प्याकेजसमेत उपलब्ध छन्।

इन्टरनेट सेवाको मूल्य, गति र गुणस्तरका आधारमा विभिन्न सेवा प्रदायकका प्याकेज तुलना गर्ने प्रवृत्ति बढिरहेका बेला नेपाल टेलिकमले ग्राहकलाई सेवा जडानसम्बन्धी जानकारी प्राप्त गर्न र प्रक्रिया अघि बढाउन सहज बनाउने प्रयास गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *