लिग २ मा नेपालको निर्णायक खेल आज, शीर्ष ६ मा स्थान बनाउन ओमानविरुद्ध जित आवश्यक
खेलकुद
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग भिड्दैछ।
अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा बिहान सवा ११ बजेदेखि हुने खेलमा शीर्ष ६ मा अटाउन नेपाललाई जित्नैपर्ने दबाब छ।
नेपालले यसअघि क्यानडा र ओमानलाई हराएको थियो भने शनिबार क्यानडासँग पराजित भएपछि सातौं स्थानमा झरेको थियो।
लिग २ को शीर्ष ६ मा पर्ने टोलीहरूको ओडीआई मान्यता जोगिने उच्च सम्भावना भएकाले शीर्ष ६ मा अटाउने कुरालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
