`

नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन शनिबारदेखि बुटवलमा सुरु हुँदै

Nepal One HD १५ भदौ २०८० १७:५८
राजनीति

काठमाडौँ – नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन शनिबारदेखि बुटवलमा सुरु हुँदैछ ।

दुईदिनसम्म चल्ने अधिवेशनको सबै तयारी पुरा भएको एमालेले जनाएको छ । अधिवेशनमा प्रदेशका १२ जिल्ला र जनसंगठनबाट समेत गरी १ हजार ४ जना प्रतिनिधिले भाग लिने अधिवेशन आयोजक कमिटले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । पत्रकार सम्मेलनमा एमाले लुम्विनी प्रदेश इञ्चिार्ज पद्मा अर्यालले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने प्रदेश अधिवेशनको एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने जानकारी दिनुभयो । अधिवेशनबाट प्रदेशको नेतृत्वमा आउनका लागि निर्वाचत समेत गरिने बताइएको छ । इन्चार्ज अर्यालले सहमतिय नेतृत्व चयनका लागि बाटो खुल्ला गरेको र सहमतिमा पुग्न नसके निर्वाचनबाट टुङ्गो लगाउने बताउनुभयो ।

प्रदेश कमिटिको अध्यक्ष पदका लागि राधाकृष्ण कंडेल र हरिप्रसाद रिजालले प्रचार प्रसार गर्दै आउनुभएको छ । इन्चार्ज अर्यालले प्रदेशको नेतृत्वका लागि आकांक्षीहरु धेरै भएपनि पार्टीमा कुनै प्रकारको गुट नरहेको दावी गर्नुभयो ।


प्रतिक्रिया