`

नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदीमा र्‍याफ्टिङ र्‍याली

Nepal One HD १६ भदौ २०८० १६:३७
समाचार

काठमाडौँ / बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदीमा र्‍याफ्टिङ र्‍याली आयोजना गरिएको छ ।

जिल्ला समन्वयन समिति, काठमाडौंको आयोजना तथा नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा काठमाडौंंको गोकर्णेश्वर नगरपालिकास्थित सुन्दरीजलबाट कीर्तिपुर नगरपालिकाको चोभारसम्म र्‍याफ्टिङ र्‍याली निकालिएको हो ।

प्रत्येक बोटमा एक गाइडसहित जनप्रतिनिधि र स्थानीयवासी सहभागी थिए, जसमा काठमाडौं महानगरपालिकासहित १० वटै पालिकाको प्रतिनिधित्व रहेको थियो । र्‍याफ्टिङ खेलको प्रवर्धन एवं बागमती नदीलाई स्वच्छ राख्नका लागि¥ याफ्टिङ ¥यालीको आयोजना गरेको आयोजकले जनाएको छ ।


प्रतिक्रिया