एमाले लुम्बिनीको नेतृत्वको लागि मतदान सुरू

राजनीति

बुटवल – नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । चार दिनदेखि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि मंगलबार बिहान पौने ९ बजेदेखि बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी) मा निर्वाचन सुरु भएको हो ।
प्रदेश अध्यक्षका लागि निवर्तमान अध्यक्ष रहेका पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालका बीचमा प्रतिष्पर्धा हुँदै छ। कुल १ हजार ४ प्रतिनिधि सहभागि अधिवेशनबाट ५ पदाधिकारीसहित २ सय ५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट