`

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकरी प्रहार

Nepal One HD २० भदौ २०८० १४:५०
प्रमुख खबर

काठमाडौं / नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँको भृकुटीमण्डपमा सांघातिक हमला भएको छ ।

रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो ।

यादव कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम सापकोटा भन्ने व्यक्तिले आक्रमण गरेका थिए । उनले धारितो हतियारले आक्रमण गरेपनि यादव खतरामुक्त अवस्थामा रहेका छन् ।

खुकुरी प्रहारबाट घाइते यादवलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

यादवमाथि खुकुरी प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।


प्रतिक्रिया