`

सुन तस्करी प्रकरण : भन्सार अधिकृतसहित तीन कर्मचारी पक्राउ

Nepal One HD २३ भदौ २०८० १६:१८
प्रमुख खबर

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी सुन तस्करी प्रकरणमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाहरु वीरेन्द्र नेपाली र कमल परियार रहेका छन् । ब्रेक सु मा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई शुक्रबार पक्राउ गरिएको सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

६१ केजी सुन तस्करी प्रकरणमा यसअघि प्रकाउ परेका भन्सार एजेन्ट, कर्मचारी तथा तस्कर माथिको अनुसन्धानपछि भन्सारका तीन कर्मचारीको संलग्नता खुलेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तीनैजना कर्मचारीलाई शनिबार पक्राउ गरेको हो । पक्राउ परेका कर्मचारीमाथि अनुसन्धान अगाडि बढाएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।

सुन तस्करी पक्ररणमा शनिबार पक्राउ परेका ३ सहित ३१ जना सीआईबीको नियन्त्रणमा छन् । सीआईबीले विमानस्थल भन्सारकै उपसचिव श्रीधर टण्डनमाथि पनि अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


प्रतिक्रिया