`

बागमती प्रदेशका सभामुखले बोलाए सर्वदलीय बैठक

Nepal One HD २४ भदौ २०८० ७:२५
राजनीति

मनहरी (मकवानपुर) – बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आइतबारका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ ।

बागमती प्रदेशसभामा एमालेसहितका विपक्षी दलको चेतावनीपछि बस्न नसकेको प्रदेशसभा बैठक सञ्चालनका सम्बन्धमा सभामुख पाठकले भदौ २४ गते आइबतार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाउनुभएको हो ।

उहाँले लामो समयपछि बस्न लागेको बैठक निरन्तर सञ्चालन हुन नसके गलत सन्देश जाने भएकाले सदन सञ्चालनका लागी सर्वदलीय बैठक बोलाएको जानकारी दिनुभयो ।

आइतबारको सर्वदलीय बैठकबाट सहमति जुट्न सकेको अवस्थामा भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । गत असार २२ गतेपछि प्रदेशसभा बैठक बस्न सकेको छैन ।

भदौ १८ गतेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक पनि सरकार र विपक्षी दलबीच सहमति हुन नसकेपछि तीनपटक स्थगित भइसकेको छ ।


प्रतिक्रिया