संविधानसभा अध्यक्ष नेम्वाङको निधनले शान्ति समाज मर्माहत

राजनीति

काठमाडौँ- संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले मानव अधिकार तथा शान्ति समाज स्तब्ध एवं मर्माहत भएको छ ।
विभिन्न कालखण्डमा विशिष्ट योगदानका लागि प्रसिद्ध शालीन व्यक्तित्व नेम्वाङप्रति शान्ति समाजले आज विज्ञप्ति जारी गरी हार्दिक श्रद्धाञ्जलिसहित शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।
लोकतन्त्र, शान्ति र मानव अधिकारको आन्दोलनका क्रममा नेम्वाङसँग शान्ति समाजको निकट सम्बन्ध रहेको सभापति रामकृष्ण बरालले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । स्व नेम्वाङको पार्थिव शरीरमा माल्यार्पणसहित शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी र सभापति रामकृष्ण बरालले श्रद्धाञ्जलि अर्पण गर्नुभएको पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट