`

हेटौंडा अस्पतालका डाक्टरसहित ७८ जनाले दिए सामूहिक राजीनामा

Nepal One HD २९ भदौ २०८० ११:०७
प्रमुख खबर

हेटौडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका( १ मा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै हेटौंडा अस्पतालमा कार्यरत ७८ जना चिकित्सकसहित स्वास्थकर्मीले सामूहिक राजीनामा दिएका छ्न् । उनीहरूले इमरजेन्सीबाहेकका सबै सेवा ठप्प पार्दै आन्दोलनसमेत थालेका छन् ।

नेपाल चिकित्सक संघमा आवद्ध सबै संघसस्थाका प्रतिनिधिले मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई सामूहिक पत्राचारमार्फत घटनाको ४८ घण्टा बितिसक्दा पनि प्रहरीले दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै आजबाट आकस्मिक बाहेकको सबै सेवा बन्द गरी आन्दोलनमा उत्रेको जानकारी गराएका हुन् । आकस्मिक बाहेकका हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्थाले सबै सेवाहरू बन्द गरेका छन् ।

पीडित चिकित्सकहरूलाई आक्रमणकारीले प्रहरीकै अगाडि ज्यान मार्ने धम्की दिँदासमेत प्रहरी निरीह बनेको भन्दै स्वास्थकर्मीहरुले आज सामूहिक उजुरीको तयारीसमेत गरेका छन् । दोषीलाई कारबाही गर्नुपर्ने चौतर्फी दबाब बढेपछि प्रहरीले सीसीटीभी फुटेजको आधारमा डाक्टरमाथि आक्रमण गर्ने मृतककी श्रीमती रमा, छोरा रोहित, छोरी रमिता तथा भतिज अनुप प्रधानलाई पक्राउ गरेको छ ।

 ​​​​​​​


प्रतिक्रिया