`

आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ताको तयारी

Nepal One HD ३१ भदौ २०८० ११:४७
जीवनशैली/स्वास्थ्य

काठमाडौ – देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरी देशभर आन्दोलनमा उत्रिएका चिकित्सकसँग सरकारले वार्ता गर्ने भएको छ । त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वार्ता समिति गठन गरेको छ ।

अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटाको नेतृत्वमा वार्ता समिति गठन गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । वार्ता समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, कानुन मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव रहने मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

समितिले आन्दोलनरत नेपाल चिकित्सक संघलाई वार्तामा समेत बोलाइसकेको छ ।


प्रतिक्रिया