`

तोलामा ५ सयले महंगियो सुन

Nepal One HD ३१ भदौ २०८० १२:०७
अर्थ समाचार

काठमाडौ– सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।
शुक्रबार प्रतितोला १ लाख ११ हजार ८०० रुपैंयामा कारोबार भएको सुन आइतबार प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको भाउ पनि बढेको छ । शुक्रबार तोलाको १३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ रुपैयाँले बढेर १४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १९२३.७८ डलर तथा चाँदीको मुल्य २३.०४ डलर कायम भएको छ ।


प्रतिक्रिया