`

शिक्षकको आन्दोलनले समिति बैठक प्रभावित

Nepal One HD ४ असोज २०८० १२:५८
प्रमुख खबर

काठमाडौ– गणपूरक संख्या नपुगेपछि आज बोलाइएको केहि संसदीय समितिका बैठक स्थगित भएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ र अन्तराष्ट्रिय समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो । शिक्षकहरुको आन्दोलनका कारण यातायात क्षेत्र अस्तव्यस्त भएपछि समिति सदस्यहरु समयमा नै समितिमा आउन नसक्दा बैठक स्थगित गर्नुपरेको हो । विद्यालय शिक्षा ऐनको विरुद्धमा शिक्षकहरुले माइतीघरदेखि नयाँबानेश्वरसम्म गरिरहेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात आवागमन अस्तव्यस्त बनेको छ । स्थगित भएको समितिको बैठक अर्को मितिमा बस्ने संसद सचिवालयले जनाएको छ ।


प्रतिक्रिया