`

चिकित्सकको आन्दोलन आज पनि जारी (फोटो फिचर)

Nepal One HD १३ असोज २०८० १६:०१
जीवनशैली/स्वास्थ्य

काठमाडौ– सुरक्षाको माग गर्दै चिकित्सकले पाँच दिनदेखिको आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन् । उनीहरुले काठमाडौंस्थित माइतीघर मण्डलामा प्रद्धर्शन गरेका छन् ।

अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि आक्रमणका घटनामा कमि नआएको र दोषीमाथि कारवाही गर्न सरकारले आनाकानी गरेको भन्दै उनीहरुले आन्दोलन गर्दै आइरहेका छन् ।

पोखराको मणिपाल अस्पताल, ललितपुरको पाटन अस्पताल, लमजुङ, सुर्खेत र हेडौंडालगायतका जिल्लामा चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूमाथि आक्रमण भएपनि उनीहरु आन्दोलित बनेका हुन् ।


प्रतिक्रिया