सरकार र चिकित्सकबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
प्रमुख खबर
काठमाडौँ – सरकार र चिकित्सकबीच ६ बुँदे सहमति भएको छ। शनिवार गृह मन्त्रालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सम्पन्न वार्ताबाट ६ बुँदे सहमति भएको हो। सहमितसँगै चिकित्सकले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।
सहमतिपत्रमा स्वास्थ तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा दिपेन्द्ररमण श्रेष्ठ र स्वास्थकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिकाको संयोजक डा शेषराज घिमिरेले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
