`

पार्टीको नभई देशको परराष्ट्रनीति बन्नुपर्छ: अध्यक्ष लिङ्देन

Nepal One HD १६ असोज २०८० १७:५१
राजनीति

काठमाडौ– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देलले मुख्य पार्टीहरुको विदेशसम्बन्ध सत्ता केन्द्रीत रहेको आरोप लगाएका छन् । राप्रपा अन्तराष्ट्रिय सम्बन्ध विभागले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष लिङ्दनले सत्ताका लागि जे पनि सम्झौता गर्ने र विदेशीहरुको साथ समर्थन नभए सत्तामा पुग्न नसक्ने भन्ने मनसायबाट मुख्य पार्टीहरुले विदेशसम्बन्ध राख्ने गरेको बताए ।

उनले नेपालको भूराजनीतिक अवस्था अहिले सामान्य अवस्थामा नरहेको समेत बताए । नेपालले विश्वसमूदायसंगको सम्बन्धका बारेमा ठोस अवधारणा बनाउन जरुरी रहेको उनको ठहर छ । लिङ्देनले पार्टीको नभई देशको परराष्ट्र निति हुनुपर्नेमा जोड दिए । उनले एकदेशसंगको सम्बन्धले अर्को देशलाई असर नपर्ने ढंगले अघि बढ्नुपर्ने धारणा राखे ।


प्रतिक्रिया